Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

साताको पहिलो दिन झिनो अंकले घट्यो शेयर बजार

साताको पहिलो दिन झिनो अंकले घट्यो शेयर बजार

काठमाडौं, २८ कात्तिक । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १.३८ अंकले घटेर बन्द भएको छ । परिसूचक गत कारोबार दिनको तुलनामा ०.०५ प्रतिशतले घटेर २६८८.९२ विन्दुमा रोकिएको छ । २३० धितोपत्रको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर ४ अर्ब ९ करोड ६२ रुपैयाँमा खरिद विक्री भएको छ ।

आज बोतलस नेपाल (तराई) लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै मानुशी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री महालक्ष्मी विकास बैंक लिमिटेडको २७ करोड ३९ लाख रुपैयाँको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x