Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

आजदेखि लागू हुनेगरी बढ्यो आन्तरिकतर्फ हवाई भाडादर

आजदेखि लागू हुनेगरी बढ्यो आन्तरिकतर्फ हवाई भाडादर

काठमाडौं, २९ कात्तिक । नेपाल आयल निगमले हवाई इन्धनमा ५ रुपैयाँ मूल्य बढाएपछि हवाई सेवा प्रदायक कम्पनीहरूले आज (सोमवार)देखि लागू हुनेगरी भाडादरमा वृद्धि गरेका छन् । इन्धनको मूल्यवृद्धि भएको कारण देखाउँदै वायुसेवा सञ्चालक संघले फ्युल सरचार्ज बढाउँदा हवाई भाडादरमा वृद्धि भएको हो ।

संघले बढाएको भाडादर अनुसार काठमाडौं–धनगढी रूटमा सबैभन्दा धेरै छ । उक्त रूटको फ्युल सरचार्ज २२० रुपैयाँले बढेको छ भने दोस्रोमा काठमाडौं–सुर्खेतको १७५ रुपैयाँले भाडादर बढेको छ । साथै काठमाडौं–भैरहवा रूटको सरचार्ज पनि १०५ रुपैयाँ ले बढेको छ । यस्तै काठमाडौं–पोखराको ८० रुपैयाँ बढेको छ ।

निगमले ५ रुपैयाँले हवाई इन्धनको मूल्य बढाएसँगै अहिले प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । यसअघि मूल्य समायोजन गर्दा हवाई इन्धनको मूल्य प्रतिलिटर रू. ९६ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x