Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कुल वस्तु निर्यात १०९ प्रतिशतले वृद्धि

कुल वस्तु निर्यात  १०९ प्रतिशतले वृद्धि

काठमाडौं, ३० कात्तिक । चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनामा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा ६५ अर्ब ५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो ।

राष्ट्र बैंकका अनुसार कुल निर्यातमध्ये भारततर्फ १४७.१ प्रतिशत, चीनतर्फ, १९.४ प्रतिशत र तथा अन्य मुलुकतर्फ २७.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ ।

त्यस्तै चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात घटेको छ । त्यसैगरी चालु आर्थिक वर्षको तीन महिनामा कुल वस्तु आयात ६३.७ प्रतिशतले वृद्धि भई ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x