नेप्से परिसूचक २७८४.५७ विन्दुमा, साढे ५ अर्बको कारोबार
काठमाडौं, ३० कात्तिक । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६९.२२ अंक वृद्धि भएको छ । आज परिसूचक २.५५ प्रतिशत वृद्धि भएर २७८४.५८ विन्दुमा रोएको हो ।
२२७ धितोपत्रको १ करोड ९३ हजार २२१ कित्ता शेयर ५ अर्ब ५२ करोड १६ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सबै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि अन्य समूहको परिसूचक ५.९१ प्रतिशतले वृद्धि भएको छ ।
आज १० प्रतिशतले शेयर मूल्य वृद्धि ६ वटा कम्पनीको भएको छ भने ७ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतलेभन्दा बढीले वृद्धि भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक मूल्यको शेयर कारोबार भएको छ । यो कम्पनीको ३७ करोड २६ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।