Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एक वर्षमा २३ प्रतिशतले बढ्यो करदाता संख्या

एक वर्षमा २३ प्रतिशतले बढ्यो करदाता संख्या

काठमाडौं, ३० कात्तिक । गत आर्थिक वर्षमा स्थायी लेखा नम्बर लिएका करदाता संख्या २३ प्रतिशतले बढेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा बढेर करदाता संख्या ४१ लख ७ हजार ८ पुगेको हो ।

मन्त्रालयका अनुसार गत आवमा मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता संख्या २ लाख ९३ हजार ९२८ पुगेको छ भने अन्तःशुल्क इजाजत प्रणाणपत्र लिने करदाताको संख्या १ लाख ९ हजार २४६ पुगेको छ ।

यसैगरी स्थायी लेखा नम्बर लिने करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर र व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता संख्या क्रमशः ६०.७ र ३९.१ प्रतिशत रहेको छ । यस्तै करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ०.२ प्रतिशत मात्र रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x