Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

७.६ प्रतिशतले खुम्चियो विप्रेषण आप्रवाह

७.६ प्रतिशतले खुम्चियो विप्रेषण आप्रवाह

काठमाडौं, ३० कात्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले घटेर २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँमा सीमित रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई ६६ हजार ३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४ हजार ८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.१ प्रतिशतले कमी आई २ खर्ब ६३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १०.२ प्रतिशतले बढेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x