Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

नबिल बैंकद्वारा दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं, ३० कात्तिक । नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासगँ दिगो बैंकिङअन्र्तगत उधमशीलता विकास र वित्तीय पहँुँचको लागि समझदारी समेत गरेको छ ।

उक्त साझेदारी सम्झौता पत्रमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाकका अध्यक्ष निम बहादुर के.सीले हस्ताक्षर गरेका हुन् । साझेदारीमार्फत गाउँपालिकाले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उधमीहरुलाई गाउँपालिकाको सिफारीसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम तथा तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रमसमेत संचालन गर्ने उद्देश्य रहेको बताइएको छ ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश संघीय संसद टेक बहादुर बस्नेतले बैंक तथा वित्तीय सस्थाले उपलब्ध गराउने सेवा सुविधाकँ सहि रुपमा सदुपयोग गर्ने हो भने त्यसले सामाजिक रुपान्तरणमा ठुलो फड्को मार्ने बताए ।

कार्यक्रममा बँल्दै नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गँपी पाण्डेले यस सम्झौताले दार्मा गाउँपालिकामा स्वरोजगारी र उद्यमशीलता विकासमा सहयोग पुग्ने बताए । नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङ सुरुवात गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *