Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

शेयर बजार २८ सय अंक पार, ७ अर्ब ३७ करोडभन्दा बढीको कारोबार

काठमाडौं, १ मंसिर । साताको तेस्रो कारोबार दिन बुधवार शेयर बजारले २६ सय अंक पार गरेको छ । यस दिन नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पुगेको छ । बुधवार ठूला कम्पनीहरूको शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स समेत ३.९८ अंकले बढेको छ ।
यस दिन २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३७ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये पञ्चकन्या माई हाइड्रोपावर र अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरैले बढेको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस्तै सर्वाधिक गुमाउनेमा भने बाटलर्स नेपाल (तराई) लिमिटेड रहेको छ । यो कम्पनीको शेयरमूल्य ७.४७ प्रतिशतले घटेको हो ।

यस्तै बुधवार शेयर कारोबारका आधारमा नेपाल टेलिकम रहेको छ । कम्पनीको शेयर ५८ करोड ६८ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । सर्वाधिक कित्ता शेयर भने नेपाल हाइड्रोपावर कम्पनीको किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x