Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

११.६० अंकले घट्यो शेयर बजार, ४ अर्ब ३५ करोडको कारोबार

११.६० अंकले घट्यो शेयर बजार, ४ अर्ब ३५ करोडको कारोबार

काठमाडौं, ५ मंसिर । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ अंकमा सीमित रहेको हो ।

आइतवार २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएकामध्ये जलविद्युत् र उत्पादनमूलक समूहको परिसूचक मात्र बढेको छ ।

यस दिन सर्वाधिक नाफा कमाउनेमा नारायणी विकास बैंक र महिला लघुवित्त वित्तीय संस्था रहेका छन् । दुवै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेका छन् । यस्तै सर्वाधिक गुमाउनेमा भने तेह्रथुम पावर कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य ४.२१ प्रतिशतले घटेको छ ।

आइतवार शेयर कारोबारका आधारमा समेत महिला लघुवित्त वित्तीय संस्था रहेको छ । कम्पनीको शेयर ५० करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कम्पनीको ६२ लाख २ हजार ७१ कित्ता शेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x