Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

बुधवारको शेयर बजार : परिसूचक र कारोबार दुवैमा झीनो वृद्धि

बुधवारको शेयर बजार : परिसूचक र कारोबार दुवैमा झीनो वृद्धि

काठमाडौं, ८ मंसिर । साताको चौथो कारोबार दिन बुधवार शेयर बजार परिसूचक र कारोबार दुवैमा सामान्य वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १.८० अंकले बढेर २७३४.९१ अंकमा पुगेको छ ।
बुधवार २२७ वटा कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँभन्दा बढको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा करिब ५ करोड रुपैयाँभन्दा बढी हो । मंगलवार ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस दिन सर्वाधिक नाफा कमाउनेमा मैलुङ खोला जलविद्युत् कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य ९.४७ प्रतिशतले बढेको हो । यस्तै धेरै गुमाउनेमा भने गार्खाज् फाइनान्स लिमिटेड रहेको छ । कम्पनीको शेयरमूल्य २.५५ प्रतिशतले घटेको हो ।

कारोबार रकमका आधारमा नेपाल टेलिकम रहेको छ । यस कम्पनीको शेयर २६ करोड १५ लाख रुपैयाँभन्दा बढीको किनबेच भएको छ । यस्तै सर्वाधिक कित्ता शेयर किनबेच अपि पावर कम्पनीको भएको छ । कम्पनीको शेयर ३ लाख ४६ हजारभन्दा बढी कित्ता कारोबार भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x