Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

उद्योग-व्यवसाय सञ्चालन स्थिति, उत्पादन र व्यावसायिक कारोबारमा सुधार

उद्योग-व्यवसाय सञ्चालन स्थिति, उत्पादन र व्यावसायिक कारोबारमा सुधार

काठमाडौं, ९ मंसिर । नेपालमा सञ्चालनमा रहेका उद्योग व्यवसायको सञ्चालन स्थिति, उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएकोे नेपाल राष्ट्र बैंकले गरेको तेस्रो पुनरावृत्ति सर्वेक्षण २०७८ ले देखाएको छ । केन्द्रीय बैंकका अनुसार उक्त सर्वेक्षणले ८७.२ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरूपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन÷कारोबार स्थिति समेत ७४.७ प्रतिशत पुगेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । यस्तै रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५ प्रतिशतबाट ९७.२ प्रतिशत पुगेको छ ।

केन्द्रीय बैंकले २०७७ असारमा सम्पन्न गरेको सर्वेक्षणले बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरूपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग÷व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग÷व्यवसायहरू पूर्णरूपमा बन्द रहेको देखाएको थियो । सो सर्वेक्षणले कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा उद्योग÷व्यवसायले औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन÷कारोबार गरेको, ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेको र ६३.४ प्रतिशत मात्र तलब—ज्यालामा खर्च गरेको देखाएको थियो ।

यस्तै बैंकले २०७७ मंसिरमा सम्पन्न गरेको पहिलो पुनरावृत्ति सर्वेक्षणले ५४ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरूपमा सञ्चालनमा रहेको, ३७ प्रतिशत उद्योग÷व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेको र ९ प्रतिशत उद्योग÷व्यवसायहरू पूर्णरूपमा बन्द रहेको देखाएको थियो । सो सर्वेक्षणले २०७६ फागुनको तुलनामा २०७७ मंसिरमा उद्योग÷व्यवसायले औसतमा ५०.५ प्रतिशत उत्पादन÷कारोबार गरेको, ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको र ७०.४ प्रतिशत मात्र तलब—ज्यालामा खर्च गरेको देखाएको थियो ।
यसैगरी बैंकले २०७८ बैशाखमा सम्पन्न गरेको दोस्रो पुनरावृत्ति सर्वेक्षणले ८१.२ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरूपमा सञ्चालनमा रहेको, १४.६ प्रतिशत उद्योग÷व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेको र ४.२ प्रतिशत उद्योग÷व्यवसायहरू पूर्णरूपमा बन्द रहेको देखाएको थियो । सो सर्वेक्षणले २०७६ फागुनको तुलनामा २०७८ बैशाखमा उद्योग÷व्यवसायले औसतमा ६१.४ प्रतिशत उत्पादन÷कारोबार गरेको, ९३.८ प्रतिशत रोजगारी प्रदान गरेको र ८८.५ प्रतिशत मात्र तलब—ज्यालामा खर्च गरेको देखाएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x