निर्यात व्यापारका कमी–कमजोरीबारे अनुसन्धान गरिँदै
काठमाडौं, १० मंसिर । नेपालको वस्तु निर्यात व्यापार उल्लेख्य रूपमा बढ्न नसक्नुमा उद्योगी व्यापारीको समेत कमजोरी हुन सक्ने भन्दै सरकारले यसबारे अनुसन्धान गर्ने भएको छ । थोरै नाफाको लागि गुणस्तरहीन वस्तु निर्यात गर्नुको साथै, कूटनीतिक क्षेत्रमा काम गर्ने कर्मचारी, आफन्त तथा विभिन्न विद्यार्थीद्वारा व्यक्तिगत प्रयोजनको लागि वस्तु पठाउने गर्दा पनि नेपाललाई भन्सारको समस्या पर्दै गरेकाले यसमा कसको कमजोरी छ भन्ने यकिन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुसन्धान शुरू गरेको हो ।
निर्यातमा व्यापारी सहभागी भएकाले लोभले लाभमा पर्दा नेपाललाई अप्रत्यक्ष रूपमा बेफाइदा हुने आशंका रहेको मन्त्रालयका सहसचिव नारायण रेग्मीले बताए । सबैको गलत गरेका नहुने भए पनि यसबारे स्पष्ट हुन अनुसन्धान गर्न लागिएको उनको भनाइ छ ।
पहिलो चरणको लागि मन्त्रालयले विदेशका व्यापारी तथा कूटनीतिक नियोगहरूसँग छलफल गरी उनीहरुबाट आएको गुनासोद्वारा हस्तकलाका वस्तु, गलैंचा, तयारी पोशाक निर्यातमा ठगी प्रवित्ति देखिएको सहसचिव रेग्मीले जानकारी दिए । नेपाली व्यापारीको गलत कदमले नेपाली वस्तु नै बन्देज गर्नुपर्ने अवस्था आउन नदिन निर्यात गर्ने व्यापारी व्यवसायीलाई चेतावनी समेत दिइएको उनले बताए ।
आर्थिक वर्ष २०७८÷७९ को ३ महिनामा नेपालको कुल वस्तु निर्यात २०७८÷७९ को तीन महिनामा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई रु.६५ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७.१ प्रतिशत, १९.४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।
सो अवधिमा गन्तव्यका आधारमा भारततर्फको निर्यात र तेस्रो मुलुकहरुमा हुने निर्यात थोरै बढेको छ भने चीन तर्फको निर्यातमा ५५.२ प्रतिशतले गिरावट आएको छ । चालू आर्थिक वर्षमा जस्तापाता, उनी, गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको नेपाल राष्ट्र बैंकको तत्थ्यांकले देखाएको छ । वार्षिक विन्दुगत आधारमा २०७८ असोज महिनामा भन्सार तत्थ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक १०.४ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक १३.९ प्रतिशतले बढेको छ । २०७७ असोज महिनामा ५.१ प्रतिशतले बढेको व्यापारको शर्त २०७८ असोज महिनामा ३.१ प्रतिशतले घटेको छ ।
यसरी घट्नुमा निर्यात व्यवसायीकै दोषी हो÷होइन, अनुसन्धानबाट पत्ता लाग्ने अपेक्षामा आफू बसेको व्यवसायीले नै जनाएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले निर्यातमा व्यापारमा गल्ती÷कमजारी पाइएका व्यवसायी र उद्योगीलाई सचेत गराएर त्यस्तो प्रवृत्ति दोहो¥याएमा कारबाही गर्न सरकार अघि बढ्नुपर्ने बताए ।