Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

उद्यमशील बन्दै महिलाहरु

उद्यमशील बन्दै महिलाहरु

पूर्ण प्रसाद चौलागाई, २०७५ बैशाख ८ काठमाडौं । नेपालमा कुल जनसंख्याको आधा भन्दा बढी महिला छन् । ति मध्ये अघिकांश महिलाहरु अझै पनि घरायसी कामकाजमै सिमित छन् । तर केही भने उद्यम गरेर आफ्नै खुट्टामा उभिन सक्षम पनि भएका छन् । त्यस्ता महिलाहरुले एक्लै वा संयुक्त रुपमा आफ्नो निजी सिप,पुँजी र श्रम लगानी गरी आत्मनिर्भर मात्रै नभइ मनग्गे मुनाफा पनि आर्जन गरिरहेका छन् ।

३ बर्ष अघि व्यवसाय शुरु गर्ने उद्धेश्यले स्थानिय स्तरमै अचार उत्पादन गरी यसलाई व्यवसायका रुपमा अगाडी बढाउदै आएकी एक सफल उद्यमी हुन् सुजाता बस्नेत । करीब ३ बर्ष अघि उनले लघुउद्यम विकास कार्यक्रमबाट तालिम लिइ यो व्यवसाय शुरु गरेकी हुन् । आफुले गर्दै आएको व्यवसायमा आफ्नो परिवारको पनि राम्रो साथ रहेको कारण व्यवसायमा अझ दतचित्त भएर लागिन । परिवारको साथले नै शुरुमा १० हजार देखी सुरु गरेको व्यवसायबाट आज उनी मासीक ५० हजार सम्म आम्दानी गर्न सक्ने भएकि छिन् । अहिले त अझ फुर्सदका समयमा छोरा छोरीले पनि उनलाई सघाउने गरेका छन् । काठमाडौंको शंखमुल बस्दै आएकी ३५ बर्षिया उनले अचार व्यवसायबाट नै ५ जनाको परिवार चलाउदै आएको अनुभव सुनाइन् । शुरुमा घरमा बच्चाहरुको आवश्यकता पुरा गर्न समेत धौ धौ पर्ने उनलाई अहिले घर धान्ने देखी लिएर २ वटा बच्चालाई बोडिङ स्कुल पढाइ रहेकी छिन् ।

सुरुमा पैसा कमाउन विदेश गएका उनका श्रीमान् अचार व्यवसायबाट राम्रै आम्दानी हुन थालेपछि विदेश बाट फर्केर श्रीमती संगै मिलेर यो व्यवसाय सम्हालिरहेका छन् । आफ्नो लगानी र मिहिनेत सहि ठाउँमा सदुपयो गर्न जाने पैसा कमनउन विदेश जानै नपर्ने उनको बुझाई छ ।सुजाता भन्छिन ‘अचार बनाउन मै ने निकै मेहिनेत गर्छु र गुणस्तरीय सामान प्रयोग गर्छु । महंगो परेपनि स्वास्थ्यमा सम्झौता गर्नु हुदैन । ’ आफुले बनाएको अचार धेरैले मन पराउने गरेका छन् ।

सुजाता जस्तै सोनिका केसी पनि २ बर्ष यता देखी काठमाडौंको शंखमुलमा व्युटिपार्लर संचालन गरेर स्वरोजग बनेकी छिन् । सानै उमेरमा भागी विवाह गरेकी उनले श्रीमान र आफू बेरोजगार हँदा निकै समस्या झेल्नु परेपनि अहिले महिला उद्यमी महासंघबाट तालिम र उचित सल्लाह सुझाव लिइ व्युटिपार्लर सुरु गरेको बताइन् । अहिले व्युटिपार्लरबाट राम्रो आम्दानी गर्नुका साथै यस विषयमा आफु जस्तै वेरोजगार महिलाहरुलाई तालीम समेत दिने गरेको उनले बताइन् । महिलाले व्यापार व्यवसाय गर्न हुदैन भन्ने संकुचित सोचबाट बाहिर आए चाडो आर्थिक विकास हुनेमा कुनै शंका नभएको उनको भनाइ छ । उनी फेसीयल, थे्रडीङ, मसाज, मेनिकियर,पेटीकियर,कपाल काट्ने जस्तो काममा दिनभरी व्यस्त हुने गरेकाी छिन् । व्युटिपार्लरबाट मात्रै बार्षिक अढाइ लाख बन्दा बढी कमाउने गरेको उनले बताइन् । उनले व्युटिपार्लरका साथै कस्मेटीक पसल पनि चलाइ रहेको र आफु पार्लरमै व्यस्त भएका कारण सो कस्मेटीक पसल भने श्रीमानले हेर्ने गरेका छन् ।

आएर विशेष गरी उद्योग व्यवसाय क्षेत्रमा महिला सहभागीता बढ्दै गएको पाइन्छ । घरेलु तथा साना उद्यम व्यवसायमा महिलाहरुको भुमिका अत्यन्त अपरिहार्य र महत्वपुर्ण रहेको महिला उद्यमी महासंघकी उपाध्यक्ष शारदा रिजालले बताइन् । उनले २०४६ साल देखि महिला उद्यम विकासका क्षेत्रमा काम गरेको र यस संस्थाले काम गर्नै चाहने महिलाहरुका समस्या केलाएर सिप मुलक तालिम दिनुका साथै महिला उद्यमी कोष मार्फत १ देखि ५ लाख सम्म ऋण दिने व्यवस्था गरेको जानकारी दिइन । महासंघले काठमाण्डौँ लगायत अन्य २९ जिल्लामा संघ खोली कार्यक्रमा गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x