Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका थप समय उपलब्ध गराइने

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका थप समय उपलब्ध गराइने

काठमाडौं १९, मंसिर । मर्जरमा जान राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच तोकिएको समयमा मर्जर नभएपछि थप समय उपलब्ध गराइने भएको छ । एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति लिने समय आइतवार अन्तिम दिन भए पनि मर्जर नभएको, तर उपयुक्त योजना एवं प्रस्ताव राखेकाले समय थप गर्न लागिएको केन्द्रीय बैंकले बताएको छ ।

बैंकहरूबाट मर्जरका लागि उपयुक्त कारण आइतवार पेश भएकाले समय थप गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले जानकारी दिएका हुन् ।

केन्द्रीय बैंकका प्रवक्ता ढकालले मर्जरमा जानु ठूला बैंकका लागि गाह्रो भएकाले समय लाग्नु र थप्नुलाई नकारात्मक लिन नहुने बताए । केन्द्रीय बैंकले दिएको समय सीमा आइतवार सकिएकाले दुवै बैंकका सञ्चालक समितिले राष्ट्र बैंकलाई मर्जरको म्याद थपिदिन आग्रह गरेको जानकारी उनले दिए । मर्जरका लागि समय कति थप्ने भन्नेबारे राष्ट्र बैंकले निर्णय गर्ने उनको भनाइ छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच गत वैशाख ३० मर्जरमा जाने सम्झौता भएको थियो । नयाँ बन्ने बैंकमा हिमालय बैंकका सिइओ अशोक राणा नयाँ बन्ने बैंकको पनि सिईओ हुने र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे नयाँ बैंकको पनि अध्यक्ष हुने सहमति भएको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x