Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

एक वर्षमा १३ प्रतिशत बढ्यो बीमालेख संख्या

एक वर्षमा १३ प्रतिशत बढ्यो बीमालेख संख्या

काठमाडौं, २० मंसिर । एक वर्ष अवधिमा बीमा कम्पनीहरूबाट जारी बीमालेख संख्या १३ प्रतिशतले बढेको छ । चाल आर्थिक वर्षको असोज महिनासम्म जारी भएको कुल बीमालेख संख्यामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.२ प्रतिशतले वृद्धि भई ९७ लाख ४० हजार २ सय ७४ पुगेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बुलेटिनमा उल्लेख छ ।

उक्त बीमालेखमध्ये जीवन बीमालेख (वैदेशिक रोजगार बीमालेख सहित) र निर्जीवन बीमालेखको हिस्सा क्रमशः ९२.५ प्रतिशत र ७.५ प्रतिशत रहेको छ । गतवर्षको असोज महिनासम्म उक्त हिस्सा क्रमशः ९१.५ प्रतिशत र ८.५ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगार बीमालेख संख्यामा ३४.८ प्रतिशतले कमी आएको छ । यस अवधिमा संकलन भएको बीमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१ प्रतिशतले वृद्धि भई ४७ अर्ब ८७ करोड पुगेको छ । गत आर्थिक वर्षमा उक्त रकम ३९ अर्ब ८६ करोड रहेको थियो । यस अवधिको बीमा प्रिमियम रकममा जीवन बीमा र निर्जिबन बीमा तर्फको हिस्सा क्रमशः ७९.८ प्रतिशत र २०.२ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x