४२ लाख ९४ हजार नाघे स्थायी लेखा नम्बर लिने करदाता
काठमाडौं, २० मंसिर । स्थायी लेखा नम्बर लिने करदाता ४२ लाख ९४ हजार नाघेका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ असोजसम्ममा स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ४२ लाख ९४ हजार २ सय ६८ पुगेका हुन् ।
सो अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता करदाता २६ लाख १४ हजार ९ सय ३२ (६०.९ प्रतिशत), व्यावसायिक स्थायी लेखा नम्बर लिने १६ लाख ६७ हजार ७ सय ६१ (३८.९ प्रतिशत) र करकट्टि गर्ने निकायले लिएको स्थायी लेखा नम्बर (३ प्रतिशत) पुगेको छ । यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख १ हजार ५ सय १६ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ११ हजार ८ सय ७३ पुगेको छ ।