बुढीगण्डकी बनाएरै छाड्ने अर्थमन्त्रीको दाबी

धाादिङ, २१ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले बुढीगण्डकी जलविद्युत् आयोजना जसरी पनि बनाइँने बताएका छन् । आफू अर्थमन्त्री हुँदै यो आयोजनाको काम सुरु हुने शर्माले दाबी गरे । धादिङको त्रिपुरासुन्दरी मेलामा आयोजित सांस्कृति कार्यक्रममा उनले भने, ‘बूढीगण्डकी बनाइन्छ। म अर्थमन्त्री हुँदै काम सुरु हुनेछ ।’
अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताए । विकासका लागि जनताले साथ दिनुपर्ने भन्दै उनले मध्यपहाडी लोकमार्ग निर्माणको काम चाँडै पूरा गरिने प्रतिवद्धतासमेत व्यक्त गरे ।
त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो ।
यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेको उनले दोहोराए ।