सुनचाँदीको मुल्य घट्यो

काठमाडौं, २१ मंसिर । सुनचाँदीको मुल्य मंगलबार केही सस्तो भएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनचाँदीको शेयर मुल्य घटेकाले त्यसको असर व्यापारमा परेर सर्वसाधारणलाई सहज भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले मंगलबार सार्वजनिक गरेको मुल्य अनुसार सुन प्रतितोला २०० रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा किनबेच भएको छ ।
यस्तै चाँदी प्रतितोला १० रुपैयाँले सस्तो भई १ हजार १९० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।