Date

शुक्र, चैत्र २८, २०८१
Fri, April 11, 2025

वित्तिय स्तरियतामा जोड दिने विश्व बैंकको भटमासको अध्ययन कहाँ पुग्यो ?

वित्तिय स्तरियतामा जोड दिने विश्व बैंकको भटमासको अध्ययन कहाँ पुग्यो ?

काठमाडौं, २१ मंसिर । नेपालले वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेपनि वित्तीय स्थिरताका लागि अझै प्रयासको जरुरी रहेको विश्व बैंकले सुझाब दिएको छ ।

नेपाल आर्थिक पत्रकार समाजले गरेको छलफल कार्यक्रममा नेपाल, श्रीलंका र माल्दिभ्सका लागि देशीय निर्देशक फारिस हदाद जार्भाेसले विश्व बैंकका वित्तीय दिगोपना तथा वित्तीय संघीयता कार्यान्वयन जस्ता विषयमा सुधार गर्नका लागि सदाझैं विश्व बैंक सरकारलाई सहयोग गर्न तयार रहेको जनाएका हुन् ।

वित्तिय क्षेत्रमा सहयोग गर्न तयार भएको विश्व बैंकले नेपालको भटमासको तेल व्यापारमा शुरु गरेको अध्ययन कहाँ पुग्यो भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘नेपालमा वित्तिय खर्चको प्रतिवेदनले वित्तिय स्थिरतालाई केन्द्रविन्दु बनाएको हो, सोया आयल व्यापारको अध्ययन यसमा नपरेकाले केही भन्न नसकिने प्रतिक्रिया दिए ।’
त्यसोभए विश्व बैंकले अध्ययन गर्नै छाड्यो त ? उनले हास्दै व्यापारले पनि वित्तिय बलियो नबनाउनेमा दुविधा नभएको तर व्यापार विकासको अध्ययन छुट्टै विषय भएकाले वित्तिय प्रतिवेदनमा अहिले नराखिएको स्पष्टिकरण दिए ।

वास्तवमा भन्ने हो भने गत काात्तिक महिनामा विश्व बैंकले नेपालको भटमासको तेल व्यापारको लागि अध्ययन शुरु गरेको थियो । निजी क्षेत्र र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त टोलिसँग विश्व बैंकले व्यापार बढाउनका लागि कच्चा पदार्थको उत्पादन बढाउनेबारे अध्ययनन केन्द्रीत छ ।

कृषिमा अर्गानिक अभियानमा लागेको गोल्यान समुहका अध्यक्ष पवन गोल्यानले कृषिमा भटमासको तेलका लागि मात्र नभएर सबै क्षेत्रसँग मिलेर यसबारे अध्ययन गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘नेपालले सोया आयल मात्र नभएर अधिकांश खाद्य उत्पादनको कच्चा पदार्थ तेस्रो मुलुकबाट ल्याई नेपालमा प्रशोधन गरी भारत निर्यात गर्ने हटाउन अध्ययनले थप सहयोग गर्ने छ ।’

अर्गानिक खेतिमा लागेका गोल्यानले सबै खाद्य वस्तुको कच्चा पदार्थ नेपालमै पाउन माटोको अध्ययन पनि आवश्यक रहेकाले झापामा २०० बिगामा खाद्य खेतिमा लाग्दा बंगलादेशबाट माटो बिज्ञ ल्याएको उल्लेख गरे ।

पछिल्लो समय नेपालको निर्यात हुने प्रमुख वस्तु नै भटमासको तेल भएकोले विश्व बैंकले किन यहि तेलले निर्यातमा जोड दियो र थप व्यवसायिक बनाउन के गर्नुपर्छ भन्ने योजनाका लागि अध्ययन हुन लागेको विश्व बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x