Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

फाइजर र बायोएनटेकद्वारा विकसित खोप ओमिक्रोनविरुद्ध प्रभावकारी हुने

फाइजर र बायोएनटेकद्वारा विकसित खोप ओमिक्रोनविरुद्ध प्रभावकारी हुने

काठमाडौं, २३ मंसिर । जर्मन कम्पनी बायोएनटेक र फाइजरद्वारा विकसित गरी निर्माण गरिएको कोरोना भाइरसविरुद्धको खोपको दुई मात्राले ओमिक्रोनको प्रभावबाट बच्न पर्याप्त नहुन सक्ने, तर तेस्रो मात्रापछि यो ‘थप प्रभावकारी’ हुने निर्माता कम्पनीहरूले बुधबार जानकारी गराएका छन् ।

ओमिक्रोन यस पहिले देखिएका खोपभन्दा छिटो सर्न सक्छ भन्ने संकेतले विश्वव्यापी चिन्ता उत्पन्न गरेको छ र यसका थुप्रै ‘म्युटेसन’ले खोपद्वारा प्रदान गरिने रोग प्रतिरोधात्मक क्षमताबाट उम्कन सक्छ भन्ने डर छ । यस भेरिएन्टका कारण अहिलेसम्म कुनै मृत्यु भएको प्रमाण भने भेटिएको छैन ।

बुधबार प्रकाशित प्रारम्भिक परिणाममा फाइजर र बायोएनटेकले उनीहरूद्वारा निर्मित खोप कुनै पनि व्यक्तिले तीन पटक लगाएको छ भने कोभिड–१९ को ओमिक्रोन भेरियन्ट रोक्न प्रभावकारी हुनसक्ने दावी गरेका हुन् ।

खोप निर्माता जर्मन कम्पनीले दुई मात्रा खोपले मात्र ओमिक्रोनको भेरियन्टलाई पूर्णतया तटस्थ पार्न प्रभावकारी नहुनसक्ने धारणा राखेका हुन् । खोप लगाएका मानिसहरूको रगतको सीरम प्रयोग गरेर प्रयोगशालामा गरिएको प्रारम्भिक अनुसन्धानअनुसार ओमिक्रोनविरुद्ध एन्टिबडीको एउटै तहमा उत्पन्न हुने हुनाले तेस्रो मात्रा (बूस्टर) खोप आवश्यक भएको बताइएको हो ।

हालको खोपको दुई मात्रा लगाएका व्यक्तिको रगतको नमूनाअनुसार भाइरसको प्रारम्भिक प्रभावको तुलनामा एन्टिबडीहरूलाई तटस्थ राख्न औसत २५ गुणा कटौती भएको देखिएको कम्पनीले बताए ।

‘टि’ कोषबाट रोग प्रतिरोधात्मक प्रतिक्रियाको अर्को भाग सम्भवतः अझै पनि यस भेरियन्टविरुद्ध अत्यधिक प्रभावकारी हुनसक्ने कम्पनीको दावी छ । साथै खोप लगाएका व्यक्तिहरूलाई अझै पनि यस रोगका गम्भीर रूपहरूबाट जोगाउन सकिने फाइजरले जनाएको छ ।

तिनीहरूको नतिजाबारे थप गहन अनुसन्धान हुन भने बाँकी नै रहेको बताइएको छ ।

कम्पनीहरूले हाल बायोएनटेकद्वारा विकास हुँदै गरेको एन्टि–कोरोनाभाइरस खोपको ओमिक्रोनको विशिष्ट संस्करण मार्च सम्ममा उपलब्ध हुने बताएका छन् । (एजेन्सी)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x