Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

४.२३ अंकले घट्यो शेयरबजार, ४ अर्ब ५८ करोडको कारोबार

४.२३ अंकले घट्यो शेयरबजार, ४ अर्ब ५८ करोडको कारोबार

काठमाडौं, २९ मंसिर । साताको चौथो कारोबार दिन बुधवार शेयर बजार ४.२३ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.१७ प्रतिशतले घटेर २४१४.६२ अंकमा बन्द भएको हो ।

यस दिन २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ८३ लाख ?पैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन सर्वाधिक शेयरमूल्य होटल तथा टुरिजम समूहको १.७९ प्रतिशतले घटेको छ । घटेको बजारमा सामलिङ पावर कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो । यस्तै सर्वाधिक गुमाउनेमा नयाँ सारथि लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य ५.३४ प्रतिशतले घटेको हो ।

कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा छ । यस कम्पनीको १६ करोड ५८ लाख ?पैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x