Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल सहित ७४ देशलाई विश्व बैंकको सहयोग

नेपाल सहित ७४ देशलाई विश्व बैंकको सहयोग

काठमाडौं, १ पौष । विश्व बैंक अन्तरगतको अन्तराष्ट्रिय विकास संघले कोभिड–१९ महामारीग्रस्त विश्वका गरिब राष्ट्रहरूको वातावरण संरक्षण, उत्थानशील र समावेशी विकासका लागि ९३ अर्ब अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

कोभिड–१९ महामारीबाट संकटमा परेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न सहयोग गरेको विश्व बैंकले जनाएको छ ।

सहयोगमा २३.५ अर्ब अमेरिकी डलर विश्वका ४८ उच्च र मध्यम आय भएका देशहरूले प्रतिवद्धता गरेका हुन भने बाँकी पुँजी पुँजीबजार, साँवा भुक्तानी र विश्व बैंकको आफ्नै तर्फबाट योगदान हुने विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासलाई उद्धत गर्दै वेभसाईटले जनाएको छ ।

यो लामो समयपछिको पुर्ननिर्माणका लागि घोषणा गरिएको सहयोग हो ।

नयाँ सहयोगमा विश्व बैंकलाई योगदान गर्नेमा जापानले प्रतिवद्धता जनाएको छ । बैंकका अनुसार ६१ वर्षे इतिहासमा जापान सबैभन्दा ठूलो योगदानकर्ता हो ।

विश्व बैंकले साझेदार देशहरूको उदार सहयोगले विकासका चुनौती सम्बोधन गर्दै करोडौं मानव जनजीवनमाा सुधार गर्न सकिने जनाएको छ ।

यो सहयोग नेपालसहित विश्वका ७४ देशले प्राप्त गर्नेछन् । खासगरी राजस्व परिचालन कमजोर भएका, ऋणको जोखिम उच्च रहेका, कमजोर र शिथिल साथै द्वन्द्वग्रस्त, अस्थिरता धेरै भएका र साक्षरता कम भएका देशहरूले प्राप्त गर्ने विश्व बैंकको दाबी छ ।

विश्व बैंकको यो सहायता मानव पुँजीमा लगानी, शिक्षा, स्वास्थ्य, पोषण, खोप, सामाजिक सुरक्षा र कमजोर मानिसहरूको सहयोगका लागि परिचालन गरिने छ । मुख्य प्राथमिकतामा लैंगिक विषमता, रोजगारी सिर्जना, कमजोर अवस्था, द्वन्द्व र हिंसाको अन्त्य रहेको विश्व बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x