Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआईबीएल एस क्यापिटलको आयोजनामा अन्तक्र्रिया तथा लगानीकर्ता सचेतना कार्यक्रम

एनआईबीएल एस क्यापिटलको आयोजनामा अन्तक्र्रिया तथा लगानीकर्ता सचेतना कार्यक्रम

काठमाडौं, ५ पुस । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन भएको छ । उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरे ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यहि मिति २०७८÷०९÷०३ गते प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा लुम्बीनी प्रदेशको नेपालगञ्जमा एक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै सचेतनामुलक कार्यक्रम संचालन गरिने समेत क्यापिटलले जनाएको छ । यस अघि यस्तै अन्र्तकृया कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढीमा समेत सम्पन्न भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x