Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१७.९३ अंकले घट्यो शेयरबजार, २ अर्ब ४६ करोडको कारोबार

१७.९३ अंकले घट्यो शेयरबजार, २ अर्ब ४६ करोडको कारोबार

काठमाडौं, ५ पुस । साताको पहिलो कारोबार दिन सोमवार शेयर बजार १६.६५ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.७५ प्रतिशतले घटेर २३५८.८१ अंकमा बन्द भएको हो ।

यस दिन २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सोमवार उत्पादनमूलक समूहको उपसूचक सर्वाधिक ३.५२ प्रतिशतले बढेको छ । घटेको बजारमा हिमालयन डिस्टिलरी कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस्तै सर्वाधिक गुमाउनेमा माउन्टेन इनर्जी नेपाल रहेको छ । यस कम्पनीको शेयरमूल्य ६.१७ प्रतिशतले घटेको हो ।

कारोबार रकमका आधारमा पनि गोर्खा फाइनान्स कम्पनी नै रहेको छ । यस कम्पनीको १९ करोड २७ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x