Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमा झीनो वृद्धि

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमा झीनो वृद्धि

काठमाडौं, ६ पुस । चालू आर्थिक वर्षको पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपमा झीनो वृद्धि भएको छ । सो अवधिमा गत आर्थिक वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ५.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १७.२ प्रतिशतले बढेको छ ।

कात्तिक मसान्तसम्म्मा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.१ प्रतिशत, ३३.१ प्रतिशत र ५२.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३३.४ प्रतिशत र ५०.१ प्रतिशत रहेको थियो ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३९.७९ प्रतिशत रहेको छ । २०७७ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ४२.६६ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x