Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

४ महिनामा बैंकिङ प्रणालीमा करिब १८ खर्ब तरलता प्रवाह

४ महिनामा बैंकिङ प्रणालीमा करिब १८ खर्ब तरलता प्रवाह

काठमाडौं, ६ पुस । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा बैंकिङ प्रणालीमा करिब १८ खर्ब तरलता प्रवाह गरिएको छ । केन्द्रीय बैंकका अनुसार सो अवधिमा रिपोमार्फत २ खर्ब ४९ अर्ब ७९ करोड र स्थायी तरलता सुविधामार्फत १५ खर्ब ४७ अर्ब ५ करोड गरी कुल १७ खर्ब ९६ अर्ब ८४ करोड तरलता प्रवाह गरिएको हो ।

यसैगरी कात्तिक मसान्तसम्ममा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ६० अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब गरी कुल ९० अर्ब तरलता प्रशोचन भएको थियो ।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु)मा अमेरिकी डलर ४१ करोड ३४ लाख खुद खरिद गरी ४९ अर्ब ५९ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ७० करोड खुद खरिद गरी २ खर्ब १ अर्ब ६ करोड तरलता प्रवाह गरिएको तथ्यांकमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x