Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

५६.७३ अंकले उचालियो नेप्से, २ अर्ब २८ करोडको कारोबार

५६.७३ अंकले उचालियो नेप्से, २ अर्ब २८ करोडको कारोबार

काठमाडौं, ६ पुस । साताको दोस्रो कारोबार दिन मंगलवार शेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ अंकमा पुगेको छ ।

मंगलवार २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३८ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन कारोबारमा आएका सबै समूहको उपसूचक बढेका छन् ।

बढेको बजारमा सबैभन्दा धेरै शेयरमूल्य बढ्नेमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । यस बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको हो । सर्वाधिक शेयरमूल्य घट्नेमा भने गोर्खा फाइनान्स कम्पनीको ८.८९ प्रतिशतले ह्रास आएको छ । यस्तै कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी कम्पनी अग्रस्थानमा छ । यस कम्पनीको १४ करोड ५८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x