Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

महासंघले खोज्यो अर्थपूर्ण सहभागिता

महासंघले खोज्यो अर्थपूर्ण सहभागिता

काठमाडौं, १५ पुस । उद्योग वाणिज्य महासंघले स्तरोन्नतिका लागि अर्थपूर्ण सहभागिता खोजेको छ । मध्यस्तरको विकासशोन्मुख राष्ट्रले विकासशील राष्ट्रमा स्तरोन्नति हुनका लागि आगामी रणनीतिमा संयुक्त राष्ट्रसंघमा अर्थपूर्ण सहभागिता खोजेको आवश्यक रहेको महासंघले जनाएको हो ।


विश्व व्यापार संगठनको आबद्धततापछि नेपालले पर्याप्त लाभ लिन नसकेको घटनाबाट पाठ सिक्दै यो स्तरोन्नतिमा निजीक्षेत्रको नेतृत्वमा रणनीतिक साझेदार अघि बढाउनुपर्ने महासंघको सुझाब छ ।


उद्योग वाणिज्य महासंघले स्तरवन्नतिका सन्दर्भमा अध्ययन प्रतिवेदन नै तयार पारेर सरकारलाई बुझाइसकेको जनाएको छ ।
महासंघले सुरुमै स्तरोन्नतिका लागि उपयुक्त समय नभएको रायसँगै रोजगारी सिर्जना, बलियो आर्थिक वृद्धि र उत्पादकत्व वृद्धिका लागि काम गर्नुपर्ने महासंघले सुझाव दिएको हो ।


विश्व व्यापार संगठनमा प्रवेशपछि नेपालका निजी क्षेत्रले गरेको काम सरकारले देखाउने भएकाले जति पनि काम भएको छ, त्यसको प्रतिफल नीजि क्षेत्रको अर्थपूर्ण सहभागिता हुनुपर्ने महासंघको भनाई छ ।


नेपाल स्तरोन्नति हुने वा नहुने कुरामा कतिपयमा अझैसम्म एक रुपता नभएकाले विकासोन्मुख मुलुकमा स्तरोन्नति हुनका लागि स्तरोन्नतिमा राष्ट्रिय गौरवको विषय बनाउन आवश्यक रहेको छ ।


नेपाललाई संयुक्त राष्ट्रसंघ महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरिसकेको छ ।


प्रस्ताव अनुमोदन भएपछि नेपालले लगायतका अतिकम विकसित मुलुकहरूको सूचीमा रहेका मुलुकहरुको हुने सम्मेलनबाट नेपालले स्तरोन्नतिका क्रममा गर्नुपर्ने प्रक्रियाको सुरुवात गरिरहेको छ ।

जनवरीमा हुने बैठकका लागि अहिले राष्ट्रिय योजना आयोगले तयारी गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x