Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सन् २०२१ मा २५ प्रतिशतले घट्यो पर्यटक आगमन

सन् २०२१ मा २५ प्रतिशतले घट्यो पर्यटक आगमन

काठमाडौं, १९ पुस । कोभिड–१९ महामारीको असहज परिस्थितिका कारण सन् २०२१ मा नेपालमा बाह्य पर्यटक आगमन गतवर्षको तुलनामा २५ प्रतिशतले घटेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२१ मा डेढ लाख बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सो अवधिमा हवाइ तथा भूमार्ग हुँदै एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल भित्रिएका हुन् । बोर्डका निर्देशक मणि लामिछानेले कोभिड महामारीकाबीच उक्त संख्यामा पर्यटक आगमन हुनुलाई सकारात्मक मान्नुपर्ने बताए । अघिल्लो वर्षको तुलनामा पर्यटक संख्या कम देखिनुमा उक्त वर्ष कोभिड–१९ पूर्व नै जनवरी र फेब्रुअरीमा उल्लेख्य संख्यामा बाह्य पर्यटक आएको कारण रहेको भनाइ छ । सन् २०२० मा दुई लाख ३० हजार बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन् । वर्षभरिमा ६४ हजार ६७३ भारतीय नागरिकले नेपाल भ्रमण गरेका थिए । भारतपछि अमेरिकाबाट २२ हजार ८५३ पर्यटक नेपाल आएका थिए । संयुक्त अधिराज्य बेलायतबाट आठ हजार ६८० पर्यटक आएका थिए । छिमेक मुलुक चीनबाट ६ हजार १९६ तथा बङ्गलादेशबाट पाँच हजार ४४ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको विवरणमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x