Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

बैंक अफ काठमाण्डुको ‘बीओके स्मार्ट सेभिङ अकाउन्ट’ सार्वजनिक

बैंक अफ काठमाण्डुको ‘बीओके स्मार्ट सेभिङ अकाउन्ट’ सार्वजनिक

काठमाडौं, १९ पुस । बैंक अफ काठमाण्डू बीओके स्मार्ट सेभिङ अकाउन्ट सार्वजनिक गरेको छ । “कारोबार अब अझ फटाफट” भन्ने मुलनाराका साथ ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको छ ।

उक्त बचत खाता ग्राहक महानुभावहरुले प्रबिधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्नुहुनेछ । यस बचत खाता खोल्दा ग्राहक महानुभावहरुले ६।५५५ वार्षिक ब्याजदर सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, बीओके ई कम डलर कार्ड जारी शुल्कमा ५०५ को छुट तथा अन्य बैंकिङ्ग सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्नुहुनेछ ।

थुप्रै छुट अनि धेरै सुबिधाहरु सहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहक महानुभावहरुको बैंकिङ्ग कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x