Date

शुक्र, बैशाख २८, २०८१
Fri, May 10, 2024

१.१४ प्रतिशतले बढ्यो शेयर बजार, ४ अर्ब १२ करोडको कारोबार

१.१४ प्रतिशतले बढ्यो शेयर बजार, ४ अर्ब १२ करोडको कारोबार

काठमाडौं, १९ पुस । साताको दोस्रो दिन सोमवार पनि शेयर बजार बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.१४ प्रतिशतले बढेर २६१६.९४ अंक कायम भएको छ ।

सोमवार २४० वटा कम्पनीको ७१ लख ६० हजार ९८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १२ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन उत्पादनमूलक समूहबाहेक सबै समूहको उपसूचक बढेका छन् ।

सोमवार सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनी मध्यभोटेकोशी जलविद्युत् कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस्तै शेयरमूल्य धेरै गुमाउनेमा भने रुरु जलविद्युत् परियोजन लिमिटेड रहेको छ, जसको शेयरमूल्य २.५९ प्रतिशतले घटेको छ ।

यस्तै कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी कम्पनी रहेको छ, जसको २८ करोड ४४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x