Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

सूदुरपश्चिमका विभिन्न स्थानमा नबिल बैंकको सक्रियता

सूदुरपश्चिमका विभिन्न स्थानमा नबिल बैंकको सक्रियता

काठमाण्डौं, २० पुस । नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न गाँऊपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।


बझाङ जिल्लाको बित्थडचिर गाँऊपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाँऊपालिकामा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उक्त कार्यक्रम स्थानिय किसान,युवा र महिला उद्यमीहरुको सहभागीतामा सम्पन्न गरेको हो ।


त्यस्तै बैतडी जिल्लाको पञ्चेश्वर गाँऊपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर र समृद्धि बनाउनका लागि पुष ११ देखी १८ सम्म ७ दिने कार्यक्रम गरेका बैंकले जनाएको छ ।


बैंकका अनुसार नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासकोे लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x