Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

धराने टेम्पोमा प्रधानमन्त्री

धराने टेम्पोमा प्रधानमन्त्री

काठमाडौं, २० पुस । ‘धरान डे’ उद्घाटनका लागि धरानमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले टेम्पो चढेका छन् ।

प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका–६, पानमारामा फोहोरमैला प्रशोधन गरी उत्पादन गरिएको ग्यासबाट सञ्चालित टेम्पोमा चढेर टेम्पोको शुभारम्भ गरेका हुन् ।

उनी मंगलबार नै हेलिकप्टरमार्फत धरान पुगी पानबारीमा रहेको फोहोर प्रशोधन केन्द्रको पनि उद्घाटन गरे ।

फोहोर प्रशोधन केन्द्रको निर्माण ‘भेन्चर वेस्ट टु इनर्जी’ नामक कम्पनीले गरेको हो ।

धरानको फोहोर व्यवस्थापन गर्दै ग्यास र मल उत्पादन गर्ने लक्ष्यसहित केन्द्रको निर्माण गरिएको हो ।

यो योजना सुरूमा २४ करोडमा निर्माण सक्ने भने पनि कोरोनाका कारण लागत २६ करोड रुपैयाँ लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x