Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लाङटाङमा पर्यटकको आगमन बढ्यो

लाङटाङमा पर्यटकको आगमन बढ्यो

रसुवा, २२ पुस । हिमाली क्षेत्रको अवलोकन गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गर्ने पर्यटकको सङ्ख्या सार्वजनिक भएको छ । निकुञ्ज कार्यालयले दिएको विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १० हजार ४०० आन्तरिक एवं वाह्य पर्यटकको आगमन भएको हो ।

आगमन भएका पर्यटकमध्ये नौ हजार ७८२ आन्तरिक, ५२ सार्क राष्ट्रका र ५६६ अन्य विभिन्न देशका पर्यटकले भ्रमण गरेको कार्यालयका सहायक संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए ।

रसुवामा कोभिडको सङ्क्रमण शून्यमा झरेसँगै पर्यटकको आगमन हुन थालेको निकुञ्जले जनाएको छ । लाङ्टाङ तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डको भ्रमणमा आएका पर्यटक एवं स्थानीय बासिन्दालाई उपलब्ध गराएको वन पैदावार समेतबाट रु ३१ लाख ६५ हजार राजश्व सङ्कलन भएको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x