एप्पल विश्वमा ३ खर्ब डलरको बजार मुल्यमा पुग्ने पहिलो कम्पनी
एप्पल विश्वमा ३ खर्ब डलरको बजार मुल्यमा पुग्ने पहिलो कम्पनी बनेको छ ।
हिजो बजार मुल्य ३ प्रतिशतले बढ्दा एप्पलको मुल्य ३ खर्ब डलर पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विश्वका शेयर बजारमा सूचीकृत कम्पनी मध्य बजार मुल्य ३ खर्ब डलर पुग्ने एप्पल पहिलो कम्पनी बनेको छ ।
एप्पलको बजार मुल्य विश्वका ठुला अर्थतन्त्र भएका १० राष्ट्रको कुल गार्हस्थ उत्पादन जिडिपी भन्दा बढी छ ।
एप्पलको मुल्य बेलायत, भारत, फ्रान्स, इटाली, क्यानडा र दक्षिण कोरियाको जिडिपी भन्दा बढि भएको छ ।
सन् २०१८ मा एप्पल १ खर्ब डलरको बजार मुल्यमा पुग्ने पहिलो कम्पनी बनेको थियो । भने सन् २०२० मा आर्थिक संकटका बीच उसले २ खर्ब डलरको बजार मुल्य कायम गर्न सफल भएको थियो ।
त्यसको १७ महिनापछि एप्पल ३ खर्ब डलरको सबैभन्दा महंगो कम्पनी बनेको छ । एप्पलको एक कित्ता शेयरको मुल्य १ सय ८२ दशमलभ ८८ डलर अर्थात २१ हजार ७ सय ८५ नेपाली रुपैया पर्दछ ।