होटेल व्यवासायी फेरि चिन्तामा
कोभिड १९ संक्रमण केही न्युन बनेसंगै तंग्रिएको होटल व्यवसायी फेरि चिन्तित बनेका छन् ।
कोभिड १९ को नया“ भेरियन्ट ओमिक्रोनले विश्व तरंगित बनाएसंगै नेपालका होटेल व्यवसायी पनि चिन्तित बनेका हुन् । काठमाण्डौंको सिनामंगलस्थित नमो बुद्ध गेष्ट हाउसका सञ्चालक दीपक मैनाली कोरोना संक्रमणका कारण लामो समय थलिएको होटेल व्यवसाय अहिले राम्रो लयमा फर्किए पनि ओमिक्रोनका कारण फेरि चिन्ता थपिएको बताउछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय कोभिड १९ संक्रमण फेरि उकालो लाग्न थालेको छ । कोभिड १९ संक्रमितको संख्या बढ्न थालेसंगै होटेल व्यवसायीमा पनि अब के हुने हो भन्न चिन्ता बढेको हो ।