Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विदेशी उत्पादनसँग नेपालीको प्रतिस्पर्धा

विदेशी उत्पादनसँग नेपालीको प्रतिस्पर्धा

काठमाडौ, २१ पुस । पछिल्लो समय अन्तर्राष्ट्रिय आयातमा असहज भएपछि नेपाली उत्पादनमा बढावा भई प्रतिस्पर्धामा उत्रन थालेका छन् ।

नेपालका उद्योगमध्ये ५६ प्रतिशले विदेशबाट आयात हुने वस्तुसँग प्रतिस्पर्धा गर्न सक्षम बनेको दाबी गरेका छन् ।

नेपाली उत्पादन अन्तर्राष्ट्रिय सामाग्रीसँग प्रतिस्पर्धा गर्न थालेको नेपाल उद्योग परिसंघले दाबी गरेको छ ।

तयारी पोसाक तथा टेक्स्टायलमा नेपाली उत्पादनले आयातितलाई पछाडी पार्न थालेको परिसंघले हालै तयार पारेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

कोभिडका कारण बाह्य वस्तु आयातमा कमीसँगै प्रतिस्पर्धाको अवसर मिलेको अध्यययनले देखाएको छ ।

यता नै केही नेपाली तयारी पोसाक उद्योगहरुले विदेशी उत्पादनसँग स्थानीय बजारमा प्रतिस्पर्धा मात्र नगरेर निर्यात व्यापारमा पनि राम्रो बजार बनाउन थालेका छन्।

९०.१ प्रतिशत उद्योग व्यवसायहरुले स्थानीय बजारमा अहिले आफ्नो उत्पादन तथा सेवाको माग बढेको बताएका छन् । ८५ प्रतिशत उत्पादन क्षेत्रका उद्योगको माग वृद्धि भएको प्रतिवेदनले जनाएको छ ।

औद्योगिक अवस्था मोटामोटी रूपमा दर्शाउने सूचकहरु – उपभोक्ता माग तथा उद्योग व्यवसायको उत्पादकत्व, रोजगारीको अवस्था, व्यवसायहरुको औसत आय वृद्धि दर तथा नगद प्रवाह, निर्यातमा औद्योगिक क्षेत्रको हिस्सा, नयाँ लगानीको योजना सन्तोजनक अवस्थामा पुगेको र निजीक्षेत्र सुविधाजनक हुन थालेको परिसंघको अध्ययन प्रतिवेदनले देखाएको छ ।

परिसंघको औद्योगिक अवस्थासम्बन्धी प्रतिवेदन अनुसार व्यवसायिक प्रतिष्ठानहरुको कार्यसम्पादन, वित्त, सीप, रोजगारी, औद्योगिक आर्थिक अवस्था तथा व्यवसायिकमा अध्ययन भएको थियो ।

जसअनुसार, आर्थिक गतिविधि बढ्दै जाँदा उपभोग तथा मागमा वृद्धि हुँदा उद्योगहरुको उत्पादकत्व र आय तथा नगद प्रवाह लगायत पनि सुध्रिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x