Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

स्वरोजगार कोषले सीटीईभीटीलाई रकम दिने

स्वरोजगार कोषले सीटीईभीटीलाई रकम दिने

काठमाडौँ, २३ पुस । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बेरोजगार युवाहरुलाई सीप सिकाएर उद्यमी बनाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई रकम दिने भएको छ ।

कोषको सचिवालय र सीटीईभीटीका पदाधिकारीबीच भएको सम्झौताले बेरोजगार युवालाई सीप सिकाएर, व्यवसाय सञ्चालन गर्न पुँजी उपलब्ध गराउने निर्देशन दिएको छ ।

सम्झौताअनुसार सीटीईभीटीले बेरोजगार युवालाई तालिम दिएर सीपयुक्त जनशक्ति तयार गर्नेछ । त्यसपछि समूहगत रुपमा व्यवसाय गर्न स्वरोजगार कोषले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र सीटीईभीटीका सदस्य सचिव जीवनारायण कार्कीले हस्ताक्षर गरे ।

कोषले यो वर्ष करिब १२ हजार रोजगारी सृजना गर्ने लक्ष्य लिएको अधिकारीले जानकारी दिए । साथै विदेशमा सीप आर्जन गरेर स्वदेश फर्केका निम्न वर्गीय परिवारका युवालाई बिनाधितो सहुलियतदरमा कर्जा उपलब्ध गराउने कोषले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x