Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कागती खेतीबाट आम्दानी बढ्यो दाङमा

कागती खेतीबाट आम्दानी बढ्यो दाङमा

दाङ, २८ पुस । तीन वर्षअघि निलकाँटा र सैजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले हरियाली भएको छ ।

त्यहाँस्थित हरिया बोटमा लटरम्म फलेको छ कागतीले मानिस झुक्किन्छन् र त्यही ठाउँ हो कि होइन भनेर यताउता हेर्न थाल्छन् । उनीहरुको ध्यान हरियाली र यतिमात्र नभएर लटरम्म फलेका कागतीले तान्न थाल्छ । बाटो हिँड्ने मात्र होइन कि यतिखेर त्यहाँका स्थानीयवासी गाउँले पनि कागतीखेती हेर्न पुग्ने गरेका छन् ।

ती पौरखी किसान हुन्, गढवा–३ गोबरडिहाका ३४ वर्षीय युवा अञ्जित चौधरी । उनको व्यवासायिक रुपमा गरेको उन्नत जातको कागतीखेतीले जीवन राम्ररी चलेको मात्र होइन यस स्थानकै शोभा बढाइदिएको छ ।

उनले ‘डिएण्डके’ सिट्स कृषि फार्म खोलेर व्यावसायिक रुपमा उन्नत जातको कागतीखेती गर्न गालेका हुन् । विसं २०७४ मा उनले यहाँको १० बिघा जमिन २५ वर्षका लागि भाडामा लिएर सुरुमा २० लाख रुपैयाँ लगानी गरेर व्यावसायिक रुपमा उन्नत जातको कागती खेती थालेको जानकारी दिए ।
उनको १० बिघा जमिनमध्ये साढे ६ बिघामा कागती खेती गर्नुभएको छ, भने अन्य जमिनमा रेशमखेती छ । धनकुटामा रहेको वनस्पति उद्यानबाट सुन कागती १ र सुन कागती २ जातको उन्नत जातका तीन हजार कागतीका बिरुवा खरिद गरी खेती थालेको सुनी सुनाउँछन् ।

सो जग्गाको वार्षिक रुपमा रु दुई लाख भाडा तिर्छन् । अहिले दुई जनालाई पूर्ण रुपमा र सात जनालाई आंशिक रुपमा रोजगारी समेत दिएका छन् । उनले भने, ‘तीन वर्ष भयो बिरुवा रोपेको एक वर्षमा नै फल्न थाले पनि सुरुको वर्षका अधिकांश दाना झरेर गए । फल धेरै लाग्ने तर बोट साना भएकाले असर गर्ने हुँदा आम्दानी भएन ।

गतवर्ष राम्रो आम्दानी भयो, यसपटक हालसम्म अर्थात पुस १५ गतेसम्म ३५ क्वीन्टल बिक्री गरिसकेको अझै कागती बाँकी छन् ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x