लगातार उकालो लागेको शेयर बजारमा गिरावट
काठमाडौं, २८ पुस । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से लगातार बढेकोमा बुधबार ओरालो लागेको छ । झन्डै दुई साता अगाडिदेखि उकालोको बाटोमा टेकेको शेयर बजारमा बुधबार सुधार आएको छ ।
बैंकलाई तिर्ने किस्ता र ब्याजको दबाबबीच पुस अन्तिम साता शेयर बजार लगातार उकालो लागेको थियो । बैंकमा लगानीयोग्य रकम बढ्न थालेपछि सेयर बजारमा प्रभाव परेको हो ।
दुई सातादेखि लगातार बढ्न थालेको सेयर बजार यो साताको तेस्रो दिनसम्म बढेको थियो । यो साताको चौथो दिन भने सेयर बजार घटेको हो ।
बुधबार ३०.५१ अंकले घटेर २८०३.६२ बिन्दुमा झरेर छ । बुधबार कारोबार रकममा भने सुधार भएको छ । १ करोड ६१ लाख कित्ता सेयर कारोबार हुँदा बुधबार ८ अर्ब ३३ लाख रूपैयाँको कारोबार भएको छ । २९ कम्पनीको सेयर मूल्य बढ्दा १५८ कम्पनीको सेयर मूल्य घटेको छ ।
यसअघि आइतबार ७३.०५ अंकले बढेको बजार सोमबार १९.३४ अंकले बढेको थियो । मंगलबार ४९.१९ अंकले बढेर २८३४.१३ अंक पुगेको थियो ।