Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

दुई दशकदेखि बन्द सुदुरपश्चिमको विमानस्थल शुरु

दुई दशकदेखि बन्द सुदुरपश्चिमको विमानस्थल शुरु

कञ्चनपुर, २८ । दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको निर्माण कार्य अघि बढेको छ । बुधवार विमानस्थलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले शिलान्यास गरेका हुन् ।

विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनलाई ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । विमानस्थलको लम्बाइ एक हजार ५२५ मिटरको रहने छ भने ६६ बिघा जमिनमा विमानस्थल रहने छ ।

विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत रकम व्यहोर्ने सहमति यस अघि नै भएको छ । २०३० सालदेखि सञ्चालमा आएको मझगाउँ विमानस्थल सुरक्षाको कारण देखाउँदै २०५६ सालमा बन्द भएको थियो ।

विमानस्थल बन्द हुनुअघि यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकुलेश्वर, अछाम, बाजुरालगायत स्थानमा उडान हुने गरेको थियो । त्यतिबेला सातामा एक पटक काठमाडौं पनि उडान हुने गरेको स्थानीय बताउँछन् । सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै हवाई सेवा बन्द गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x