Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नबिल इन्भेष्टमेण्ट बैंकिङले ल्यायो ‘इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’

नबिल इन्भेष्टमेण्ट बैंकिङले ल्यायो ‘इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’

काठमाडौं, २९ पुस । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले अँग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी ‘इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ संचालनमा ल्याएको छ । यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले बार्षिक शुल्क वापत वर्ष २०२२ का लागि २०२२ रुपैयाँ मात्र शुल्क तिरे पुग्ने संस्थाले बताएको छ ।

‘नन–डिस्क्रियशनरी’ प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए वापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नुनपर्ने बताइएको छ । यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो एनालिस्ट तथा गहन विश्लेषण, रिसर्चको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिश गरिने जानकारी दिइएको छ । लगानीकर्ताले दिएको आदेश अनुसार खरिद वा बिक्री गरिने काम गरिने र व्यवस्थापन गरे वापत लगानी गरिएको रकममा भएको फाइदामा कुनै प्रकारको शुल्क तथा दस्तुर नलिइने विज्ञप्तिमा उल्लेख छ ।

साथै लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ । यो सेवामा लगानीकर्ताले आफुसंग भएको नगद रकम वा शेयरको मूल्यांकन गराई प्रवेश गर्न सकिनेछ बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x