Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेपाली कांग्रेसलाई जनताको पार्टी बनाउँछौं : नेता आचार्य

नेपाली कांग्रेसलाई जनताको पार्टी बनाउँछौं : नेता आचार्य

काठमाडौं, ४ माघ । नेपाली कांग्रेसलाई जनताको पार्टी बनाउने कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य (सांसद) मोहन आचार्यले बताएका छन् । सोमबार नेपाल प्रेस युनियन रसुवाले सदरमुकाम धुन्चेमा आयोजना गरेको नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सभापती, उपसभापति, सचिब, सहसचिब र जिल्लाको प्रदेश सभा क्षेत्र क र ख का सभापतिलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा आचार्यले नेपाली कांग्रेस जनताको पार्टी रहेको र जनताको पार्टी बनाउने नेता आचार्यले बताएका हुन् ।

नेपाली कांग्रेस कार्यकर्ता प्रति मात्र नभई जनताप्रति पनि उत्तरदायी रहेको उनले बताए । ‘रसुवामा नेपाली कांग्रेस एकजुट भएर अघि बढेको छ, गएको १४ औं महाधिबेशनमा जिल्लाको सर्वसम्मत नेतृत्व चयनले पनि रसुवामा नेपाली कांग्रेस एउटै रहेको देखाएको छ, यो जनताको पार्टी हो, हामी जनताको पार्टी बनाउछौं, जनताको काम गर्छौं,’ उनले भने ।

त्यसैगरि प्रेस युनियनले गरेको सम्मानप्रति धन्यबाद दिँदै आचार्यले प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेस सदैब लागिरहेको र प्रेस स्वतन्त्रताका विधेयक पारित गर्न नेपाली कांग्रेस लागिपर्ने बताए । जिल्लाको स्वास्थ्य, शिक्षा लगायतलाई प्रमुख प्राथमिकतामा राखेर आफूले काम अगाडि बढाई रहेको समेत उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x