Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

प्रोभिडेन्ट मचेन्ट बैंकिङ लिमिटेडको साधारणसभा, पहिलो पटक कम्पनीको मुनाफा ६३ लाख

प्रोभिडेन्ट मचेन्ट बैंकिङ लिमिटेडको साधारणसभा, पहिलो पटक कम्पनीको मुनाफा ६३ लाख

काठमाडौं, ६ माघ । प्रोभिडेन्ट मचेन्ट बैंकिङ लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ मा ६३ लाख ३३ हजार रुपैयाँ मुनाफा गरेको छ । कम्पनीले मंगलबार राजधानीको नयाँबानेश्वरस्थित कार्यालयमा गरेको सातौं र आठौं साधारणसभामा कम्पनीका अध्यक्ष तथा कार्यकारी प्रमुख बिमल तिवारीले उक्त जानकारी दिएका हुन् ।

कम्पनीको चुक्ता पूँजी ८ करोड रुपैयाँ छ । यस आधारमा कम्पनीले प्रति सेयर आम्दानी ३ रुपैयाँ १७ पैसा गरेको छ । कम्पनीले गत बर्षको आम्दानीलाई जगेडा कोषमा राखेको छ । उक्त कोषबाट आगामी बर्ष बोनस वा डिभिडेन्ट वितरण गरिने कार्यकारी अध्यक्ष तिवारीले जानकारी दिए ।

प्रोभिडेन्टको साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ । यसै गरी सभाले गत आर्थिक बर्षको लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक बर्षका लागि लेखापरीक्षकको नियुक्ति गरि पारिश्रमिक समेत तोकेको छ ।

प्रोभिडेन्टले डिम्याट खाता खोल्ने सेवा, पोर्टफोलियो मानेजमेन्ट सेवा, निक्षेप सेवा, सेयर खरिद विक्री तथा परामर्श सेवा र सेयर बजारसम्बन्धी तालिम सेवा उपलब्ध गराउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x