Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन ७ विद्यार्थी संगठनको चर्को दबाव

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन ७ विद्यार्थी संगठनको चर्को दबाव

काठमाडौं, ७ माघ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै ७ राजनीतिक दलनिकट विद्यार्थी संगठनले विरोध जनाएका हुन्। उनीहरुले मूल्यवृद्धि फिर्ता नलिए प्रतिकारमा उत्रिने चेतावनी दिएका छन्।

नेकपा एमालेनिकट अनेरास्ववियुलगायत ७ विद्यार्थी संगठनले इन्धनमा मूल्यवृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गरिएको बताएका छन्। मूल्य समायोजन गर्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाउने गरेको उनीहरुको आरोप छ। आयल निगमले चुहावट नियन्त्रणमा पटक्कै ध्यान नदिने, घाटा हुँदा पनि आफ्ना कर्मचारीलाई बोनस र भत्ता वितरण गर्ने र कर्मचारीको मनोमानीलाई लुकाएर निगमलाई निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटक–पटक मूल्यवृद्धि गर्ने गरेको भन्दै संयुक्त विद्यार्थी संगठन खेद व्यक्त गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महँगी बढ्न गई सेवाग्राही र जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिएर गरिब जनतालाई राहत प्याकेजको व्यवस्था गर्न समेत माग गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x