Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

३२.९५ अंकले बढ्यो शेयर बजार, ५ अर्ब ७७ करोडको कारोबार

३२.९५ अंकले बढ्यो शेयर बजार, ५ अर्ब ७७ करोडको कारोबार

काठमाडौं, ६ माघ । साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजार ३२.९५ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १.१४ प्रतिशतले बढेर २९३१.२६ अंकमा पुगेको छ ।

बिहीवार २२८ वटा कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन म्युचुअल फन्ड र बैंकिङ बाहेक सबै समूहको उपसूचक बढेका छन् ।

बिहीवार सर्वाधिक शेयरमूल्य बढ्नेमा मैलुङ खोला जलविद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनी रहेका छन् । यी दुवै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस्तै शेयरमूल्य धेरै गुमाउनेमा भने आईसीएफसी फाइनान्स कम्पनीको डिबेन्चर रहेको छ, जसको मूल्य ४.३९ प्रतिशतले घटेको छ ।

यस्तै कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको २२ करोड २० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x