Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आयातमा अत्याधिक बृद्धि, अर्थतन्त्रमा संकटको खतरा

आयातमा अत्याधिक बृद्धि, अर्थतन्त्रमा संकटको खतरा

काठमाडौं, १० माघ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको बस्तु आयात भएको छ । सो अवधीमा निर्यात भने १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको बस्तु निर्यात भएको छ। आयातमा गत वर्षको सोही अवधीको तुलनामा ५१ प्रतिशतको वृद्धि छ भने निर्यातमा ९५ प्रतिशतको वृद्धि छ ।

गत आर्थिक वर्ष २०७७–०७८ को ६ महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँको आयात भएको थियो । निर्यात ६० अर्ब ७९ करोड रुपैयाँ मात्रै थियो । अघिल्लो आर्थिक वर्ष २०७६–०७७ को ६ महिनामा पनि आयात ६ खर्ब ९४ अर्ब रुपैयाँ मात्रैको भएको थियो भने निर्यात ५७ अर्ब २७ करोड रुपैयाँको मात्र थियो । यस्तै आर्थिक वर्ष २०७५–०७६ को ६ महिनामा आयात ५ खर्ब ५४ अर्ब रुपैयाँमा सिमित थियो । निर्यात पनि ४१ अर्ब १६ करोड रुपैयाँको मात्र भएको थियो । अघिल्ला तीन आर्थिक वर्षको अर्धबार्षिक तुलनामा चालू आर्थिक वर्षको आयात निकै उच्च हो ।
आयातमा उच्च वृद्धि भएपछि नेपाल राष्ट्र बैंकले पुस पहिलो साता अघि सुनचाँदी, चिनी, मदिरा, गाडी लगायतका बस्तुको आयातमा कडाइ रहेको छ । तर पुस महिनामा मात्रै १ खर्ब ६१ अर्ब रुपैयाँको आयात भएको छ । यही रफ्तामा आयात हुने हो भने यो वर्ष आयातले नयाँ रेकर्ड कायम गर्ने निश्चित छ । यही रफ्तारमा आयात बढे यो वर्ष करिब २० खर्ब पुग्ने अनुमान व्यापार विज्ञको छ ।

यसअघिको तुलनामा चालू वर्षमा अर्थतन्त्र चलायमान भएका कारण पनि यो वर्ष आयात निकै बढेको भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्का बताउँछन् ।
नेपालले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत रेमिट्यान्स र पर्यटन हो । पर्यटन क्षेत्र कोरोनाले शिथिल छ । यो अवस्थामा आयात उच्च रुपले बढ्दा अर्थतन्त्रमा थप संकट आउने सम्भावना देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x