Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अर्थमन्त्री शर्मा र उपाध्यक्ष पौडेलको स्वार्थले पूँजी बजारको नियामक निकाय तीन महिनादेखि नेतृत्व बिहीन

अर्थमन्त्री शर्मा र उपाध्यक्ष पौडेलको स्वार्थले पूँजी बजारको नियामक निकाय तीन महिनादेखि नेतृत्व बिहीन

काठमाडौं, १० माघ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत नियुक्ती प्रक्रिया ढिला हुँदै गएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले गत असोज १९ गते बर्खास्त गरेको थियो भने नेप्सेका सिईओ चन्द्रसिंह साउदले भदौं ८ गते पदबाट राजीनामा दिएका थिए ।

तर अर्थमन्त्रालयले गत कात्तिक ११ गते सार्वजनिक सूचना जारी गरी बोर्डको अध्यक्ष र कात्तिक १४ गते नेप्सेको सिईओ नियुक्तीको प्रक्रिया सुरु गरेको हो । तर नियुक्ती प्रक्रियालाई अझै टूंग्याउन सकेको छैन् । अझै सरकारले गत पुस १५ गते पुनः बोर्डको अध्यक्ष नियुक्तीको यसअघिको सम्पूर्ण प्रक्रिया खारेज गरी नयाँ नियुक्तीको प्रक्रिया सुरु गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र योजना आयोगको उपाध्यक्ष विश्व पौडेलको स्वार्थले दुबै निकायको नियुक्ती रोकिएको हो । शर्माले नेकपा माओवादी केन्द्र निकट व्यक्तिलाई बोर्डको अध्यक्षमा ल्याउन चाहेका छन् भने पौडेलले कांग्रेस निकट व्यक्ति ल्याउन चाहेकाले यो प्रक्रिया नै अवरुद्ध बनेको हो । पूँजी बजारको नियामक निकायमा माओवादी समर्थित व्यक्तिलाई नियुक्ती दिदा लगानीकर्ताहरु त्रसित हुने मनसायमा उपाध्यक्ष पौडेल छन् । तर शर्मा भने कुनै पनि हालतमा बोर्डमा आफ्ना मान्छे नियुक्ती गर्नुपर्ने अड्डीमा छन् । मन्त्री शर्माले आफ्ना मान्छेलाई नियुक्ती गर्न तीब्र दबाव बढाएपछि उपाध्यक्ष पौडेलले फाइलनै दराजमा थन्काई दिएका थिए । सोही कारण मन्त्रालयले यसअघिको प्रक्रिया खारेज गरिदिएको बुझिएको छ । अर्थमन्त्री शर्मा अझै आफ्ना मान्छेलाई बोर्डमा नियुक्ती दिनुपर्ने रटानमा छन् ।

उसो त केही समय अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र स्वयंम अर्थमन्त्री शर्माको अभिव्यक्तिले बजारमा पहिरो गएको थियो । त्यसकारण पनि नियामक निकायमा कम्युनिष्ट निकटलाई नियुक्ती दिदा लगानीकर्ता थप निरुत्साहित हुने आँकलन छ ।

यी दुई संस्था मात्रै होइन्, सरकारले नेपाल आयाल निगममा पनि प्रमुख कार्यकारी अधिकृत नियुक्तीको प्रक्रिया सुरु गरिएको छैन् । सुरेन्द्र पौडेलले कार्यकाल सकेर बाहिरिएपनि अझै नयाँ नियुक्तीको प्रक्रिया सुरु हुन नसकेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x