Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेप्सेमा देखिन थाल्यो सुधार

नेप्सेमा देखिन थाल्यो सुधार

काठमाडौं, १३ माघ । चार दिन लगातार घटेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन बिहीबार सुधार देखिएको छ ।

बजार लगातार घट्न थालेपछि आत्तिएका लगानीकर्ता पुनः सम्हालिएपछि बिहीबार सेयर बजार थामिएको हो ।

बिहीबार शेयर कारोबार मापक नेप्से परिसुचक ३.२९ अंकले बढेर २७७९.९३ बिन्दुमा पुगेको छ । कूल २२४ कम्पनीका ५० हजार ९ सय ६५ कारोबारबाट बिहीबार ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ ८४ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार भएका मध्ये ९० कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको सेयर मूल्यमा परिवर्तन नभएको स्टक एक्सचेञ्जको तत्थ्यांकले देखाएको छ ।

बढिरहेको शेयर बजार अहिले घटिरहेको थियो । गत पुस ५ देखि यता ५६२ अंकले बढेको बजार यो साताको पहिलो दिन आइतबारदेखि नै लगातार घटिरहेको हो ।

लगानीकर्ता एंव शेयर विश्लेषक नवराज अधिकारीले यसलाई सुधार भएको भन्दै आउने सातादेखि फेरि बजारले नयाँ उचाइ लिने दाबी गरे ।

आइतबार १०.८३ ले घटेको शेयर बजार सोमबार ९९.८६ अंकले घटेको थियो । मंगलबार ५.९२ को झिनो अंकले घटेको बजार बुधबार पुनः३८.४५ अंकले घटेर २७७६.६१ बिन्दुमा पुगेको थियो । बुधबारसहित यो साताको चार दिनमा नै बजार १५४.६१ अंकले घटेको हो ।

नेपाल राष्ट्र बैंकले सरकारको लागि चालु आर्थिक वर्षमा थप २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेका कारण पनि लगानीकर्ता थप दवावमा परेको देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x