नेप्सेमा फेरी भयो गिरावट
काठमाडौं, २० माघ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक फेरी ओरालो लागेको छ ।
बैशाखमा निर्वाचन हुने बजारमा छाएपछि गदगदले भरिएका लगानीकर्ताका कारण लगातार ठूलो अंकले उकालो लागेको बजार परिसुचक कारोबार हुने साताको अन्तिम दिन बिहिबार १४.६ अंकले ओरालो लागेको छ ।
अघिल्लो दिनको तुलनामा बजार परिसुचक ०.५ प्रतिशतले घटेर २८७६.७४ बिन्दुम पुगेको छ ।
कूल २२४ कम्पनीको १ लाख ८ हजार ३६५ कारोबारबाट ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरका १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।